समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड

सारांश

  • काठमाडौँ ।
  • नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ ।
  • लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ९ विसं १७४३–१९५५०’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गर्नुभयो ।

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ ।
लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ९ विसं १७४३–१९५५०’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गर्नुभयो । उहाँले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।”

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।

नेकपा ९एमाले० का सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशिल अवधारणासहित पन्तले पुस्तक लेखेको बताउनुभयो ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रबामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राख्नुभयो । कुल ५५८ पृष्ठको सो पुस्तक सो अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित रहेको छ । रासस

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Db Bhandari Barud

    Chunab navaya lato lai hatainu parxa

    Comment Author

    Dhan Bisht

    Timiharu kati kayar xau yas baata pramanit hunxa

    Comment Author

    Amar Ghotane

    थुक्क नालायक कति बक्वास गरेको ?

    Comment Author

    Sunil Menyangbo

    yosko pani aba khuske chha.parntiya rajya khoi..jahile kirati haru ko balidan matra chahi ne yo kamnistha lai..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?