वरिष्ठ गायक वैद्यको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
वरिष्ठ गायक वैद्यको निधन

सारांश

  • काठमाडौं।
  •   वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ।
  • लामो  समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति  १२: ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौं।  वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ। लामो  समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा राति  १२: ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि केही समय नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी  नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए।

गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए। विसं २००३ मा नरदेवीमा जन्मिका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन्।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन्। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?