अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३४ पटक हेरिएको
Shares
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।
  • गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वचित भएका हुन् ।

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वचित भएका हुन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन् ।

निर्वाचनमा एक हजार ५१७ मत खसे पनि विजयीहरूको मतविवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?