मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता
सारांश
- पाल्पा ।
- लगातार वर्षाका कारण पाल्पाको तिनाउ खोलामा आएको बाढीले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
- मध्यरात १२ बजेतिर पाल्पाको सराईमा आएको बाढीले लु१ज १२२७ नम्बरको जीप बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।
पाल्पा । लगातार वर्षाका कारण पाल्पाको तिनाउ खोलामा आएको बाढीले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
मध्यरात १२ बजेतिर पाल्पाको सराईमा आएको बाढीले लु१ज १२२७ नम्बरको जीप बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।
बाढीले जीप बगाउँदा तानसेन–१ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा र ४० वर्षीय पदम बहादुर कुवँरमगर बेपत्ता भएको पाल्पा प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु बिहेको भोज खाएर घर फर्किएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया