सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सारांश
- काठमाडौं।
- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
- आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
परिवर्तित सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाले केन्द्र र प्रदेश सरकारहरुबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया