पार्टी अध्यक्ष केपीकाे जालझेलले मैले हारे: अष्टलक्ष्मी शाक्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पार्टी अध्यक्ष केपीकाे जालझेलले मैले हारे: अष्टलक्ष्मी शाक्य

सारांश

  • काठमाडाै, फागुन ३ ।
  • एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेश सभा निर्वाचनमा निर्वाचित भएसँगै धेरैले उनी सो प्रदेशको मुख्यमन्त्री बन्ने आकलन गरेका थिए ।
  • शाक्य आफैँ पनि यसमा ढुक्क थिइन् ।

काठमाडाै, फागुन ३ । एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेश सभा निर्वाचनमा निर्वाचित भएसँगै धेरैले उनी सो प्रदेशको मुख्यमन्त्री बन्ने आकलन गरेका थिए । शाक्य आफैँ पनि यसमा ढुक्क थिइन् ।

अाजकाे नयाँ पत्रिकामा अन्तरवार्ता छ- तर, एमालेले आन्तरिक निर्वाचनद्वारा संसदीय दलको नेता चयन गर्ने निर्णय गर्‍यो । निर्वाचनमा उपाध्यक्ष शाक्य अर्का प्रदेश सांसद डोरमणि पौडेलसँग पराजित भइन् ।

उनको मुख्यमन्त्री बन्ने बाटो पूर्ण रूपमा बन्द भयो । पराजित भएसँगै शाक्यले आफूलाई पार्टी अध्यक्षले जालझेल गरेर हराएको आरोप लगाउँदै आएकी छिन् । प्रदेश ३ को मुख्यमन्त्री चयन, शाक्य पराजित हुनुको कारण, उनले अध्यक्षमाथि लगाएका आरोपलगायतका विषयमा प्रदेश सभा संसदीय दलमा पराजित भएलगत्तै पार्टी अध्यक्षले धोका दिए, चरम गुटबन्दी गरे भन्नेजस्ता आरोप लगाइन ।

दलको नेता चयन गर्ने अघिल्लो दिन अध्यक्षले मलाई छलफलका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाए । त्यहाँ अत्यन्त सहज वातावरणमा कुराकानी भयो । उनले स्थिति के छ भनेर सोधे । मैले स्थिति अत्यन्त राम्रो छ, ठीक छ, म जित्छु भनेँ । उनले हार्नेगरी उठ्न हुन्न भने ।

म हार्दै हार्दिनँ, तपाईंले साथ दिनुपर्छ, सबै साथीले तपाईं उपाध्यक्ष, प्रदेश प्रमुख र धेरै सिनियर भएकाले, समावेशिताका हिसाबले पनि तपाईंको उम्मेदवारी उपयुक्त हुन्छ भन्नुभएको छ भन्ने कुरा जानकारी गराएँ । यो कुरा सुनेर उहाँले त्यसो भए उठ्नुस् भन्ने सुझाब दिनुभयो । अध्यक्षले नै यति भनिसकेपछि उहाँको सहयोग हुनेमा आश्वस्त भएँ ।

त्यसपछि सभामुख कसलाई बनाउने नाम दिनु भनेर अनुरोध गरेँ । उहाँले सल्लाह गरेको छैन बेलुकी फोन गर्छु भन्नुभयो । उहाँको यो वचनपछि म आश्वस्त थिएँ । तर, राति अबेरसम्म कुर्दा पनि उहाँले फोन गर्नुभएन । राति १२ बजेसम्म कुर्ने कुरा भएन । भोलिपल्ट आफ्नै ढंगले तयारीमा लागेँ ।

तर, मैले त्यही साँझ नै सबै माननीयलाई विभिन्न होटेलमा राख्न थालिएको सूचना थाहा पाएँ । यो सूचनाले म सशंकित थिएँ । सांसदहरूलाई किन थुन्नुप¥यो ? स्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा जित्ने कुरामा कुनै द्विविधा थिएन । किनभने, कुराकानी गर्दा सबै साथीहरूको सहानुभूति र समर्थन प्राप्त गरेकी थिएँ ।

तर, सबै माननीयलाई होटेलमा थुनेर भोलिपल्ट एकैपटक मतदानस्थलमा लैजाने तयारी भएको सूचनापछि मलाई के गर्न खोजेको होलाजस्तो लागेको थियो । घरबाट बोलाएर होटेलमा राख्ने, फलानोलाई मत नहाल्ने भन्ने उर्दी जारी भएको कुरा आयो । छक्क परेँ । किन यस्तो आतंक मच्चाएको होला जस्तो लाग्यो ।

सोचेकी थिएँ– अध्यक्षले नै उठ्नुस् भनेपछि त मलाई नै सहमति दिएको हो, अर्को व्यक्ति नउठाउने होला । तर, बेलुकी अध्यक्षकै निवास बालकोटमा बसेर निर्णय भएको थाहा पाएँ । मैले स्थायी समितिमा भनेँ, बालकोटमा बैठक बस्नुभएछ, त्यो बैठकमा मलाई पनि बोलाएको भए हुन्थ्यो नि त अध्यक्षज्यू ! त्यसैले, परिणामलगत्तै मलाई बालकोटको गुटबन्दीले सिध्यायो भनेकै हो । मैले के गल्ती गरेँ ? सबै कुरा तथ्य र प्रमाणसहित बोलेकी छु ।

‘उठ्नुस्, मेरो समर्थन छ’ भन्दाभन्दै तपाईंलाई हराउन अध्यक्षले किन त्यस्ता क्रियाकलाप गर्नुभएको जस्तो लाग्छ ?
मैले त अध्यक्षबाट छलछामको राजनीति होला भन्ने अलिकति पनि सोचेकी थिइनँ । किनभने मेरो स्वभाव, शैली, काम गराइ सबै उहाँलाई थाहा थियो ।

प्रदेश प्रमुख भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत सिट जिताउने कामको नेतृत्व गरेकी थिएँ । त्यसैले अरू कारण होलाजस्तो लाग्दैन । मेरो त्याग छैन भने भन्नुपर्ने हो, दुःख गरेको छैन भने पनि थाहा हुनैपर्ने हो । बेइमान भए पनि भन्नुपर्ने हो । त्यसैले कुनै कारण थिएन ।

मैले भनेँ, मलाई किन हराइयो अध्यक्षज्यू ? जवाफ चाहियो । दुनियाँलाई के जवाफ दिऊँ ? आफैँलाई लाज लागिरहेको छ भनेर मैले स्थायी कमिटीको बैठकमा भनेकी हुँ । तर, उहाँले राम्रोसँग जवाफ दिनुभएन । लोकतन्त्रमा चुनावमा जान्छु भनेकाले मैले तपाईंलाई उठ्नुस् भनेँ, तर पराजित भइसकेपछि ममाथि खनिन कसरी मिल्छ, भन्नुभयो ।

मैले लोकतान्त्रिक प्रतिस्पर्धा मानेर, चुनावमा गएँ, हारजित भयो, परिणाम पनि स्वीकार गरेँ । तर, लोकतन्त्रको नाममा सांसदलाई धम्क्याउने, थुन्ने गर्न पाइन्छ ? के मैले सबै प्रमाण दिऊँ ? म सबै प्रमाण पेस गर्न सक्छु भनेपछि अध्यक्ष बोल्दै बोल्नुभएन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Pokhrel

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौको चन्द्रगिरीमा ‘दहचोक म्याराथन’ हुने
काठमाडौको चन्द्रगिरीमा ‘दहचोक म्याराथन’ हुने
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
मुलुकको अर्थतन्त्रका बाह्य सूचक बलियो, वैदेशिक व्यापार घाटा घट्यो
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
मोबाईलमा फोन गरी कुरा गर्ने क्रममा लडेर मृत्यु
मोबाईलमा फोन गरी कुरा गर्ने क्रममा लडेर मृत्यु
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द
भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

तपाईंले छुटाउनुभयो कि?