हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
३२ पटक हेरिएको
Shares
हट्यो आजदेखि सवारीमा जोर विजोर प्रणाली

सारांश

  • कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि गत काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ ।
  • बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।
  • शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रूपमा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि गत काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो ।

शुक्रवारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने तर त्यसका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रूपमा गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पछिल्लो समय सरकारी तथा निजी कार्यालयहरू पूर्णरूपमा खुल्दै गएको र जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्दा भीड बढ्दै गएकाले यातायात व्यवसायीहरूले यो प्रणाली हटाउन माग गरेका थिए ।

अन्य क्षेत्र खोल्दा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएकोमा सरकाको आलोचनासमेत भइरहेको थियो । यातायात व्यवसायीले समेत जोर विजोरको नियम नमान्ने सरकारलाई दबाव दिन थालेका थिए । सर्वसाधारणले समेत सार्वजनिक गाडीमा भिडभाड भएको भन्दै जोर विजोरको नियम खारिज गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल
प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार
प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
देवनारायणका  बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा

तपाईंले छुटाउनुभयो कि?