अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ ।
  • अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ ।

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ । अनेरास्ववियुका अध्यक्ष बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिए । ।

अनेरास्ववियुले यसअघि महाधिवेशनमा भित्तेलेखन नगर्ने निर्णय गरेको छ । उनले सकभर सहमतिमा नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न आवश्यक परेका खण्डमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने बताए । एक सय ९९ कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कूल दुई सय ४४ पदका लागि निर्वाचन हुनेछ ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । महाविधेशन लागि यही माघ २४ गतेसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्ने हुन्छ । अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

राम, लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो । उहाँले निर्वाचनअघि भोटिङ मेसिनमा नमूना मतदान गरेर सिकाइनेसमेत जानकारी दिए । । इनोभेसनले यसअघि एक सय ११ वटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?