कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा

सारांश

  • काठमाडौँ ।
  • कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् ।
  • कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन(एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी(युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताए ।

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् ।

कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन(एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी(युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताए ।

सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उनको भनाइ छ । “करिब दश लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । तीन तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।”

कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवद्र्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए । किसानका मूल्य निर्धारण, बीउविजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले किसानलाई इन्टरनेटको पहुँचमा विस्तार गरी उत्पादकत्व वुद्धि गर्नु आजको आवश्यकता रहको बताए । उनले भने, “कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेको नैराश्यता हटाउन डिजिटलाइजेशले महत्वपूर्ण टेवा पु्याउँछ । किसानको पहुँचमा अभिवृद्धि गरी यसको विस्तार गर्नु आजको आवश्यकतो हो ।” डिजिटलाइजेशलने खाद्य सम्प्रभुताको जोखिमलाई न्यूनीकरणमा मद्दत गर्ने उनको भनाइ छ ।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले नेपालमा डिजिटलाइजेशनको विद्यमान अवस्थाबारे प्रस्तुत गर्दै किसानको सुचीकरणको विस्तारमा मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोइराला परिवार देउवाको विकल्प खोज्दै !
कोइराला परिवार देउवाको विकल्प खोज्दै !
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते
रुकुम पश्चिममा बस दुर्घटना, नौ जना घाइते
पुनःनिर्माणमा आएको पैसा दाताको आफ्नै स्वार्थपूर्तिमा
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी
पत्रकारले अर्जुनदृष्टिले कलम चलाउनुपर्छ : मन्त्री भण्डारी
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण

तपाईंले छुटाउनुभयो कि?