महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३१ पटक हेरिएको
Shares
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत

सारांश

  • विहान ८ बजे सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका युवा नेता महेश बस्नेत र प्रदेशसभाका उम्मेदवार शशीजंग थापा आइपुग्दा स्थानीयले स्वागत गरे ।
  • आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं.
  • २ बाट एमालेका तर्फबाट उम्मेदवार भएका बस्नेत र थापाले सुरु गरेको घरदैलो कार्यक्रममा मतदाताहरुल स्वागत गरेका हुन् ।

विहान ८ बजे सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार एमालेका युवा नेता महेश बस्नेत र प्रदेशसभाका उम्मेदवार शशीजंग थापा आइपुग्दा स्थानीयले स्वागत गरे ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेका तर्फबाट उम्मेदवार भएका बस्नेत र थापाले सुरु गरेको घरदैलो कार्यक्रममा मतदाताहरुल स्वागत गरेका हुन् ।

भक्तपुरका फूलखेतीका रहेको अर्थात् फूलको गाउँ भनेर चिनिने दधिकोटमा आज विहानदेखि सुरु भएको घरदैलोमा फूलको मालाले स्वागत गर्दा माला कै भारी देखियो ।

घरघरबाट युवादेखि ज्येष्ठ नागरिकसम्मले विजयीको शुभकामनासहित निधारमा टीका र गलामा उम्मेदवारलाई माला लगाइदिए । दहिको सगुन खुवाएर आर्शिवाद दिदाँ स्थानीय मतदाता विजयीको खुसीमा रमाउन हतारिएका देखिए ।

बस्नेत गाउँमा पुग्दा स्वागतका लागि हातमा टीका र फूल माला लिएर स्थानीय कुरेर बसेका थिए । भने ज्येष्ठ नागरिकले टीका र मालासहित ताली बजाएर नाच्दा घरदैलोको ¥यालीमा रौनकता छाएको थियो ।

बस्नेतले मतदातासँग भक्तपुरको मुहार फेर्नेगरि विकासको लहर ल्याउने, खानेपानीको व्यवस्था, सडक निर्माण, आधुनिक समार्ट सिटीको निर्माण, घरघमा बैकल्पिक उर्जाको व्यवस्थापनसँगै विभिन्न विकासको योजनासहित भोट मागीरहेका थिए ।

कार्यक्रममा बस्नेतले भने,‘मैले विकासको योजना लिएर भोट मागेको छु, मलाई युवादेखि ज्येष्ठ नागरिक समेतले गरेको माया, उहाँले दिनुभएको आर्शिवाद र घरघरबाट गरेको स्वागत देख्दा मेरो जित सुनिश्चित भयो भन्ने मलाई लागेको छ, घोषणा भएपछि जनताको चाहना पुरा गर्छु ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?