पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत

सारांश

  • काठमाडौं।
  • लिभरपुलले लिड्स युनाइटेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
  • प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्सलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो।

काठमाडौं। लिभरपुलले लिड्स युनाइटेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्सलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो। पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २-० को अग्रता लिएको थियो। जसका लागि ३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए। उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन । दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोष्टमा लगातार हानिरह्यो।

दोस्रो हाफको सुरुवाती अर्थात ५२ औं मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पुर्‍याइ दिए। यस्तै, ७३औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६-१ को फराकिलो अन्तरको जित दिलाए।

यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अंक बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?