भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

सारांश

  • काठमाडाैं।
  • भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
  • भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

काठमाडाैं। भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो ।

दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले अविजित ६७ रन बनाए । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए ।

यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपाल अंक विहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह ए बाट पाकिस्तान शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
Jennifer Aniston wears a shocked expression while filming ‘Murder Mystery’ in Montreal
Jennifer Aniston wears a shocked expression while filming ‘Murder Mystery’ in Montreal
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित
भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित
बाबुरामको यो भेष
बाबुरामको यो भेष
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम