तीन दिन राष्ट्रिय शोक घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १५, २०८१
|
|
५० पटक हेरिएको
Shares
तीन दिन राष्ट्रिय शोक घोषणा

सारांश

  • काठमाडौं।
  • सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
  • बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।

काठमाडौं। सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए।

त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन्।

त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए।

असोज १० गतेदेखि भएको वर्षाका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
रुसलाई सैन्य वा आर्थिक सहयोग नगर्न चीनलाई अमेरिकाको चेतावनी
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
८१ हजार हेक्टर जमीनमा उखु खेती गरिए पनि वैज्ञानिक पद्धति र प्रविधिको अभावले किसान सधैँ मारमा
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७
कोरोना अपडेटः आज २५ जना थपिएसँगै कुल संक्रमितको संख्या ४२७