एसिसी प्रिमियर कप : नेपालको सहज जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
एसिसी प्रिमियर कप : नेपालको सहज जित

सारांश

  • काठमाडौँ ।
  • घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

काठमाडौँ । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बल खेल्दै पाँच चौका प्रहार गरे ।

त्यस्तै, कुशल मल्लले ४० बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७० रन बनाए । साथै कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ तथा दीपेन्द्र सिंह ऐरीले अविजित ५ रन जोडे ।

बलिङतर्फ मलेसियाका मोहम्मद वाफिक, रिजवान हैदर, विजयी उन्नी र विरनदीप सिहंले समान एक–एक विकेट लिए । 
  
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । ९५ बल खेलेका उनले आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विरन्दीप सिंहले ४६ रन बनाए भने मोहम्मद आमिरले १७ रन जोडे ।

त्यस्तै, खिजार ह्यायातले २२ तथा सैजरुल इद्रुसले २१ रन बनाए । विजय उन्नीले १२ रन जोडे भने सायद अजिज १३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा गुल्सन झाले एक विकेट झारे । यस जितसँगै समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले दुई अङ्क जोडेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउद अरेविया छन् ।

त्यस्तै, समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई० हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । भोलि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई र कुवेतबीच खेल हुनेछ भने मूलपानीमा ओमान र कतार आमनेसामने हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?