अब रक्सी खानेलाई आपत!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, ३१ वैशाख ।
  •  डा।
  • बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला निर्मित एउटा कानुन यत्तिका दिनसम्म निस्क्रिय रहेर अहिले ब्युँतिन लागेको छ ।

काठमाडौ, ३१ वैशाख । डा। बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला निर्मित एउटा कानुन यत्तिका दिनसम्म निस्क्रिय रहेर अहिले ब्युँतिन लागेको छ । वडामा एउटा मात्र बिक्री केन्द्र रहने गरी मदिरा नियन्त्रणसम्बन्धी कडा ढंगले लागू हुने तयारीमा रहेको सो कानुनमा मापसे प्रेमीको पूरा परिचयसहित रेकर्ड राख्नुपर्ने प्रावधान थियो ।

भारतमा रसादीप्रेमीले यस्ता पदार्थ किन्दा स्पष्ट रुपमा तीन पुस्ते विवरण लेख्नुपर्ने व्यवस्था छ । त्यहाँ ‘शराबीका नाम, शराबीके बापका नाम, नाना–दादाका नाम’ भन्दै विवरण राख्ने गरिन्छ ।
त्यसका अलावा लागुऔषध दुव्र्यसनीका सुधारगृहहरुले समाजसेवाको नाम जप्ने तर कुम्ल्याएर पैसा लिने अनि एक सुको कर नतिर्ने गरिआएकोमा अब तिनीहरुको समेत सिण्डिकेट तोड्ने योजनामा सरकार रहेको बुझिएको छ । सुधार केन्द्रबाहेक मालबाहक गाडीलाई सिंगै जोख्ने धर्मकाँटालाई पनि अनुगमनको दायरामा ल्याइने भएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई सहज बनाउन स्कुल, निजी व्यवसाय र सरकारी कार्यालयका लागि छुट्टाछुट्टै समय पारेर सवारी साधन कुद्न दिने विधि अपनाइँदै छ ।

स्कुललाई बिहानै समय दिने, निजी क्षेत्रको कार्यालय समय बिहान चाँडै र बेलुका छुट्टीसमेत चाँडै गर्ने तयारी हुँदै छ । विभिन्न सामान बोकेर भित्रिने ठूला सवारीहरुलाई मुख्य शहर छिर्नुअगाडि नै सरसफाइ गरेर मात्र आउन दिने व्यवस्था मिलाइँदै छ । ठूला गाडीको पांग्रामा टाँसिएको माटो धुने, पखाल्ने गर्दा भित्री शहरमा धुलोको मात्रा कम गर्न सकिने सरकारी सोच रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान हुँदै , जिल्लाभरमा ४० प्रतिशत मत खस्यो ।
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
तपाईको आजः साउन २४ गते शुक्रबारको राशिफल यस्तो छ
गाउँ, नगरका प्रमुख, उपप्रमुखसहित १६ सयलाई पुग्यो अख्तियारको कार्वाही पत्र, जिल्ला सहित
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु
यमनको सैनिक परेडमा क्षेप्यास्त्र आक्रमण, ३२ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?