हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन

सारांश

  • हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।
  • उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन रहेको उल्लेख छ ।
  • मेयर लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखामा रहेको जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन रहेको उल्लेख छ ।

मेयर लामाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग पारिश्रमिक बापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखामा रहेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत रहेकी मेयर लामा गत बैशाख ३० गते भएको निर्वाचनमा सत्ता गठबन्धनबाट हेटौंडाको मेयरमा निर्वाचित भएकी हुन् । त्यस अघि उनी पहिलो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयर थिइन् ।

मेयर लामाले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक थप २० हजार बैंक मौज्दात रहेको जनाइएको छ । मेयर लामाले श्रीमान् सुन बहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनका श्रीमान् सुन बहादुर लामा भने व्यवसायी हुन् ।

उनले श्रीमान्को नाममै ४० लाख बराबरको ट्याङ्कर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले ससुरा कान्छा लामाको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?