गर्मी बढेसँगै कोलुङ झरना पुग्ने बढे

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
गर्मी बढेसँगै कोलुङ झरना पुग्ने बढे

सारांश

  • उर्लाबारी ।
  • गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।
  • पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ ।

उर्लाबारी । गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।

पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ ।

त्यहाँबाट करिव दुई सय मिटर ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा बाटो छिचोल्दै चुरे पहाडको कोखमा रहेको यो झरना पुगिन्छ ।

छङछङ गर्दै निरन्तर बगिरहेको कोलुङ झरना पुग्दा शरीरको सबै थकान मेटिएर मानिसको मुखबाट निस्कने एउटै बोली हो आहा !

पाँचथर र मोरङको सिमाना रहेको मिक्लाजुङ डाँडाको कोखबाट मिक्लाजुङ गाउँपालिका–१ जौँ बारीहुँदै पहाडी चट्टानमा लुकामारी खेल्दै बग्दै आएको तेली खोलाको चिसो पानी मिक्लाजुङ–५ र लेटाङ नगरपालिका–८ को सिमानामा पर्ने स्थनामा करिब ५० फिट माथिबाट झरेको छ ।

उर्लाबारीबाट यो झरना हेर्न आउनुभएका किरण खड्का भन्छन्, “भरना हेर्न र मनोरञ्जन लिन मानिस धनकुटाको नमस्ते, तेह्रथुमको ह्यात्रुङ झरना जान्छन् तर नजिकैको यो भने चर्चामा छैन् । यो झरनाको प्रचारप्रसार हुन सके टाढा जान पर्दैन ।” खड्काको जस्तै अनुभूति मोरङ पथरीका सन्तोष राईको पनि छ ।

राई भन्छन्, “ पहिलो पटक यहाँ आउँदा झरनाबाट आउने शीतल पानीको छिटा र चिसो हावाको स्पर्शले आफूलाई स्वर्गमै पुगेको आभास भएको छ ।”

विशेष गरी राई समुदायले परम्परागत रुपमा बोल्दै आएको भाषाका आधारमा यस झरनाको नामकरण भएको मिक्लाजुङ–५ का वडाध्यक्ष मेघनाथ तामाङ बताउछन् ।

राई समुदायले बोल्ने भाषामा कोलुङ भनेकोे चट्टान (पथ्थर) हो । यो भरना पनि ठूलठूला चट्टानको कोखबाट झर्ने भएकाले सोही अनुसार झरनाको नामकरण भएको तामाङले बताए ।

मोरङको पर्यटकीय क्षेत्रमा विराट राजाको दरबार, धनपाल गढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव–पार्वती गुफा, मिक्लाजुङडाँडा, हरिश्चन्द्र गढी, हसिनी सिमसार, मण्ठपोखरी, ध्वजेडाँडा, बेतेनी ताल, बेतौना सिमसारसहित १५ वटा क्षेत्र समावेश छन् । “ तापनि यो झरना पर्यटकीय क्षेत्रमा समावेश हुन नसक्दा यो क्षेत्रको विकास र प्रर्वद्धनमा टेवा पुग्न सकेको छैन्, यसमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्छ”, वडाअध्यक्ष तामाङ भन्छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरदेखि पूर्व उत्तरमा रहेको यो भरना पुग्न त्यहाँबाट करिब ५० किलोमिटर पूर्वको उर्लाबारी मङ्गलबारे पुगेर त्यहाँबाट लगभग १२ किलोमिटर उत्तरको यात्रा तय गर्नुपर्छ । दुई वटा पालिकाको सिमामा परेका कारण झर्नाको प्रवद्र्धन र प्रचारप्रसार कस्ले गर्ने भन्नेमा अन्योल भएकाले पनि झर्नाको विकास र संरक्षणमा असर परिरहेको मिक्लाजुङ–५ का वडा सदस्य भीमप्रसाद राई बताउछन् ।

राईले भने, “ अघिल्लो प्रदेश सरकारकाका पालामा विनियोजन भएको ५० लाख रुपैया फ्रिज भएर गयो, झरनाको विकास र संरक्षणका लागि मिक्लाजुङ गाउपालिका र लेटाङ नगरपालिकाले स्पष्ट सिमा निर्धारण गरी नीति बनाएर अघि बढ्न नसके यो सधैँ ओझेलमा परिरहने छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त
बसपार्कमा टर्मिनल भवन निर्माण
बसपार्कमा टर्मिनल भवन निर्माण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
आजदेखि सुरु भयो कांग्रेसको घर–घर जाऔं कांग्रेस जिताऔ अभियान

तपाईंले छुटाउनुभयो कि?