रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • रानीपोखरीस्थ्ति बालगोपालेश्वर मन्दिर आज पनि खुल्ल गरिएको छ ।
  • नेवार समुदायका कतिपयले आजपनि भाइटिका(किजापूजा) गरेका कारण मन्दिर खुल्ला गरिएको हो ।
  • ७२ सालको भूकम्पले भत्किएको बालगोपालेश्वर मन्दिर पूननिर्माण पश्चात यो वर्ष सर्वसाधारणका लागी खुल्ला गरिएको हो ।

रानीपोखरीस्थ्ति बालगोपालेश्वर मन्दिर आज पनि खुल्ल गरिएको छ । नेवार समुदायका कतिपयले आजपनि भाइटिका(किजापूजा) गरेका कारण मन्दिर खुल्ला गरिएको हो । ७२ सालको भूकम्पले भत्किएको बालगोपालेश्वर मन्दिर पूननिर्माण पश्चात यो वर्ष सर्वसाधारणका लागी खुल्ला गरिएको हो । यो मन्दिरमा तिहारको भाइटिकाको दिन दिदिबहिनी नहुने दाजुभाई र दाजुभाई नहुने दिदिबहिनी गई पूजा गर्ने चलन रहँदै आएको छ । यो मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खोल्ने गरिएको छ ।

२७ करोड रुपैयाँको लगानीमा राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले पूनर्निर्माण सम्पन्न गरेपछि रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबाट संयुक्त रूपमा गएको कात्तिक ५ गते समुद्घाटन गरि बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?