कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
  • राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

काठमाडौँ । नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । सो समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना उपसभापतिमा गोमादेवी आङ्देम्बे र धनेद्रराज आङ्देम्बे निर्वाचित भएका सभापति तिमल्सिनाले जानकारी दिए ।

यसैगरीे सचिवमा जीवन ढुङ्गेल र टीका अधिकारी, सहसचिवमा अनिल सेलिङ र छत्रबहादुर भण्डारी एवं कोषाध्यक्षमा पुनम फागो निर्वाचित भएका छन् । अधिवेशनमा सहभागी वक्ताले पार्टीले अब सच्चिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । नयाँ दल चुनौतीको रुपमा स्थापित भएकाले अब सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताए । अधिवेशनले जिल्लाका पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?