विश्व एड्स दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
सारांश
- काठमाडौं, १५ मंसिर ।
- विश्व एड्स दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
- ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१ औं विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
काठमाडौं, १५ मंसिर । विश्व एड्स दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नारासहित ३१ औं विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
नेपालमा हाल ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १९ हजार २० जना पुरुष र १२ हजार महिला संक्रमित रहेका छन् ।
नेपालमा करिब ७६ प्रतिशतट एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभीको संक्रमणदर उच्च रहने चिकित्सकहरुले बताएका छन् ।
आज सातै वटा प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाईदैछ । सातै प्रदेशका जिल्लाहरुमा करिब २ लाख बराबरको पेष्ट किट वितरण गरिने छ ।
काठमाडौंको नयाँ बस पार्क, पुरानो बसपार्क, लगनखेल र भक्तपुरको सूर्यविनायकमा एड्स परीक्षणका लागि स्टल राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना एड्स संक्रमित व्यक्तिका लागि प्रतिवर्ष १५ हजारको औषधि लाग्ने गर्छ ।
प्रतिक्रिया