नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

सारांश

  • काठमाडौँ ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ ।
  • आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ । आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात दशमलव ४५, सात दशमलव ५१ र शून्य दशमलव ०३ अङ्कले घटेको छ । अरु सबै समूहको उपसूचक भने बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक दुई सय २० दशमलव ६६ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ७१ दशमलव ४७ अङ्कले बढेको छ ।

बैैंकिङ समूह दुई दशमलव १५, विकास बैंक शून्य दशमलव ३०, लगानी शून्य दशमलव ३४, जीवन बीमा एक सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अङ्कले बढेको छ । त्यसैगरी, निर्जीवन बीमा समूह एक सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा तीन दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ६४ लाख ९१ हजार बराबरको तीन लाख २६ हजार ३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ अबदेखि प्रत्यक्ष निर्वाचनमा
पत्रकार महासंघ अबदेखि प्रत्यक्ष निर्वाचनमा
निषेधाज्ञामा यसरी गरिदैछ कडाई
यस्ता छन् सर्वोच्च अदालतमा केसीले दिएको बयानका मुख्य बुँदा
यस्ता छन् सर्वोच्च अदालतमा केसीले दिएको बयानका मुख्य बुँदा
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका  सल्लाहकार मैनालीले !
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका सल्लाहकार मैनालीले !
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
कोरोनाबाट अहिले सम्मकै सर्वाधिक २८ जनाको मृत्यु
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट

तपाईंले छुटाउनुभयो कि?