सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ भनेर गौंडा कुरेर बसेकालाई मौका दिन नहुने बताएका छन् ।
- लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ भनेर गौंडा कुरेर बसेकालाई मौका दिन नहुने बताएका छन् । लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।
“सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन्” प्रधानमन्त्री ओलीले भने, “त्यस्तालाई मौका दिनु हुदैन ।”
अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले केही काम गर्दागर्दै सानो कमजोरी देखिए बदनाम गर्न लागि पर्नेहरु रहेको बताए ।
“त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे,सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझे अनुसार सहयोग गरेका छन् ।”
आवश्यकता अनुसार कर्मचारी नहुँदा प्रदेशमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेविरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्रीको दाबी छ ।
“देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाभएको छ । अब चाहिएको कुन व्यवस्था हो ? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो ।”
प्रतिक्रिया