मदिराले मान्छे खान्छ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
१६ पटक हेरिएको
Shares
मदिराले मान्छे खान्छ !

सारांश

  • काठमाडौँ, २ चैत ।
  • मान्छेले मदिरा खान्छन् ।
  • प्रदेश २ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ ।

काठमाडौँ, २ चैत । मान्छेले मदिरा खान्छन् । प्रदेश २ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ । अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तीमा हजार लिटर मदिरा उत्पादन हुन्छ ।

युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ । मदिरा खाएर ठूलो संख्यामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन । विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ । अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिकरआर्थिक हैसियत पनि सखाप भएका उदाहरण छन् । (अन्नपूर्ण पोष्ट्बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?