कस्तो रहनेछ आज दिनभरिको मौसम ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
कस्तो रहनेछ आज दिनभरिको मौसम ?

सारांश

  • आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ ।
  • काठमाडौं उपत्यकामा भने आज पानी पर्ने सम्भावना छैन ।

आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ ।

काठमाडौं उपत्यकामा भने आज पानी पर्ने सम्भावना छैन । आज आंशिकदेखि सामान्य बदली हुने छ। काठमाडौंसँगै देशभरको मौसममा सुधार आइरहेको महाशाखाले जनाएकाे छ।

तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन आग्रह गरिएकाे छ। राति पनि पहाडका केही स्थान र तराईका थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?