आज विश्व मुस्कान दिवस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
३३ पटक हेरिएको
Shares
आज विश्व मुस्कान दिवस

सारांश

  • काठमाडौँ ।
  • आज विश्व मुस्कान दिवस मनाइँदै छ ।
  • हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ ।

काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।

“सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्छन्, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”

मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उहाँका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

“मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी”, मनोविद् बिजुक्छेले भने, “मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।”

मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ ।

कसरी मुस्कुराइरहने ?

कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताए । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनको सुझाव छ ।

“खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुन् । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ”, मनोविद् बिजुक्छेले भने, “मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।” उनका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको सय दिनको आधारशिला तयार
ओली सरकारको सय दिनको आधारशिला तयार
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना
नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर होटेल र्‍याडिसनबाट कसरी भए फरार ?
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ
पेट्राेलियम पदार्थका डिपाे आज बिहानबाट खुल्दै
पेट्राेलियम पदार्थका डिपाे आज बिहानबाट खुल्दै

तपाईंले छुटाउनुभयो कि?