प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?

सारांश

  • प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् ।
  • राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ । मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् । र, सोनल भने तत्कालिन राजपा नेपालका सांसद हुन् । २ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ । अब एउटै दलको सरकार बन्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?