पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

सारांश

  • काठमाडौँ ।
  • सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो ।

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताए । उनले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिइने जानकारी दिए ।

उनले खोप कुन कुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोही अनुसार किशोरीलाई खोप लगाइने बताए । उनका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ । सरकारले चीनबाट पहिलो पटक सो खोप खरिद गरेर ल्याएको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सररोग विशेषज्ञ डा अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए । उनले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार दिनमा ६ महिलाको मृत्यु हुने गरेको बताए ।

“अस्पतालमा आउनेमा दैनिक ६ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ” उनले भने,“अझ गाउँघरमा यस क्यान्सरको रोगका कारणले कतिको मृत्यु हुन्छन् भन्ने तथ्याङ्क छैन ।”क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने गरेको छ ।

उनले असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
कतै तपाइको बैक खाता सङ्गै एटिएम त ह्याक भएको छैन ???
अठासी किलो सुनसहित एक जना पक्राउ
अठासी किलो सुनसहित एक जना पक्राउ
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
सुकमायाको सफलताको कथा, गृहणी देखि सफल कृषी उद्यमी
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?