प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!

सारांश

  • चितवन।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन्।
  • मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने पनि बताए।

चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन्।

मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने पनि बताए।

‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्‍यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!,’ प्रचण्डले भने, ‘जे जे जाँचबुझ गर्नुछ गरे हुन्छ नि। स्वयम रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि त्यो रवि लामिछानेसँग यति धेरै तर्सिनुपर्ने?’

कांग्रेस र एमाले कति कमजोर रहेछन् भन्ने प्रमाण रविसँग तर्सिएका कुराले देखाउने पनि उनले बताए। ‘एउटै मानिससँग उनीहरू कति आतंकित छन् भन्ने कुरा प्रमाण मात्र हो,’ उनले भने।

उनले यो तरिकाबाट कांग्रेस र एमालेको आयु नलम्बिने पनि बताए।

सरकारले रविमाथि अत्याचार गरिराखेमा संसदको विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ लड्ने पनि बताए।

उनले पालिकास्तरको खबरदारीबाट सरकार सच्चिएन भने विपक्षी र सत्तापक्षका केही मिलेर काठमाडौंमा विरोध प्रदर्शन गर्ने प्रचण्डको भनाइ छ।

आफूहरूले उठान गरेको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समूह फेर्दै नेकपाका नेता कार्यकर्ता
समूह फेर्दै नेकपाका नेता कार्यकर्ता
माघे संक्रान्तिमा राष्ट्रपतिको शुभकामना
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई

तपाईंले छुटाउनुभयो कि?