रवि लामिछानेका नीजि चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
सारांश
- काठमाडौं ।
- छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका नीजि सवारी चालक शम्भु थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
- चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भिर घाइते भएका थापाको ३६ घण्टा कोम्स पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि हेलिकप्टरबाट काठमाडौं स्थित मेडिसिटी अस्पतालमा ल्याइएको जनाइएको छ रविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिती स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट Airlift गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ ।
काठमाडौं । छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका नीजि सवारी चालक शम्भु थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भिर घाइते भएका थापाको ३६ घण्टा कोम्स पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपछि हेलिकप्टरबाट काठमाडौं स्थित मेडिसिटी अस्पतालमा ल्याइएको जनाइएको छ
रविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिती स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट Airlift गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ ।’
उनले आफूहरु दुवैलाई हार्ने छुट नभएको बताएका छन् । भने, ‘प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन । यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क मेरो भाई ।’
लामिछानेले अस्पतालका चिकित्सकको प्रशंसा गर्दै भनेका छन्, ‘कोम्स अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन् ।’

(Ultram)
प्रतिक्रिया