नेपाली कांग्रेस: ‘देउवा आरजुको कब्जामा रहेको नेताहरुको आरोप’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपाली कांग्रेस: ‘देउवा आरजुको कब्जामा रहेको नेताहरुको आरोप’

सारांश

  • काठमाडौं, २५ असार ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूराना नेताहरु सम्मिलित भेलामा आज पार्टीलाई कसरी अघि बढाउने भन्ने’दयगत व्यापक छलफल भएको छ ।
  • नेता डा नारायण खड्काले सभापतित्व र दिपक खड्काले सञ्चालन गरेको उक्त भेलामा सहभागी पाका कांग्रेसी नेताहरुले एकमुष्ट रुपमा वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए ।

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूराना नेताहरु सम्मिलित भेलामा आज पार्टीलाई कसरी अघि बढाउने भन्ने’दयगत व्यापक छलफल भएको छ ।

नेता डा नारायण खड्काले सभापतित्व र दिपक खड्काले सञ्चालन गरेको उक्त भेलामा सहभागी पाका कांग्रेसी नेताहरुले एकमुष्ट रुपमा वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए ।

अहिले पार्टी सिमित नेताहरुको घेराबन्दीमा परेको पनि उनीहरुको गुनासो थियो । एक नेताले भेलामा सम्बोधन गर्दै भने,‘अहिले सभापतिले घेराबन्दी तोड्न नसक्दा पार्टी कमजोर भयो, पार्टी सभापति चारपटक प्रधानमन्त्री बन्नुभयो तर उहाँले पार्टीलाई संस्कारयुक्त बनाउन सक्नुभएन्।’

ओमकार श्रेष्ठ, तारानाथ रानाभाट र तिर्थराम डंगोल लगायतका नेताहरुले कांग्रेसमा अझैसम्म पनि बाउबाजेकै ब्याज खानेहरुको हालीमुहाली रहेको गुनासो पोख्दै यसबाट पार्टीलाई मुक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेता दामोदार गौतम तत्कालिन नेपालका लागि अमेरिकी राजदुत जुलिया चाङले शेरबहादुर देउवासँग आरजु राणालाई विवाह गराईदिएको प्रसँग कोट्याउँदै सभापति देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । लगत्तै सभापति देउवाले उनलाई मञ्चमै बोलाएर गुनासो पोखेका थिए ।

नेताहरु श्यामलाल श्रेष्ठ, लोकेश ढकाल, हिरादत्त भट्ट, चिरञ्जीबी वाग्ले, गोविन्दराज जोशी लगायतले सबै नेताहरु अब एकतावद्ध भएर जानुपर्नेमा जोड दिएका थिए । उनीहरुको जोड तत्काल नेतृत्व सच्चिनुपर्नेमा थियो । देउवाको व्यवहार परिवर्तन हुनुपर्यो भन्ने नै उनीहरुको मुख्य भनाई थियो ।

कांग्रेसमा अपुताली खानेहरुलाई निस्तेज पार्नुपर्छ भन्नेपनि आवाज आजको भेलामा उठेको थियो । सभापति देउवाको साथसाथ बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, महामन्त्री डा। शशांक कोइराला लगायतका नेताहरुको आजको भेलामा उपस्थिति थियो ।
त्यस्तै नेता गच्छदारले एकताका बेला गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने धारणा राखेका थिए ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले सम्झौता कार्यान्वयनतर्फ नेतृत्व नलागे देशभरका कार्यकर्ता भेला गरी एकता नै भंग गरिदिने चेतावनी दिए।

गच्छदारले लोकतान्त्रिक फोरम पार्टीबाट कांग्रेसमा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्नेमा नेतृत्वले वेवाःता गरेको आरोप लगाए।

‘देश जोगाउन म कांग्रेसमा समाहित भएको थिएँ। तर पार्टीले उचित जिम्मेवारी पनि दिएन’, उनले भने। २०६४ माघ १८ मा कांग्रेस छाडेका गच्छदारले २०७४ असोज ३० गते कांग्रेससँग पार्टी एकता गरेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    कला च्यो देउपा ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?