एसइईको नतिजा प्रकाशित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एसइईको नतिजा प्रकाशित

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई० कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
  • अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई० कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।

अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
“उपेक्षित वैदेशिक श्रमिक “
“उपेक्षित वैदेशिक श्रमिक “
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
Deadpool 2 – Censor Board Passed the Movie with shocking No of Cuts
Deadpool 2 – Censor Board Passed the Movie with shocking No of Cuts

तपाईंले छुटाउनुभयो कि?