पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?

सारांश

  • काठमाडौं, १५असोज ।
  • पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)को अक्सन चलिरहेको छ ।
  • अक्सनका लागि १ सय ७९ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।

काठमाडौं, १५असोज । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)को अक्सन चलिरहेको छ । अक्सनका लागि १ सय ७९ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । यतिबेला राजधानीको होटल सांग्रिलामा खेलाडीहरुलाई क्लबले किन्न बोली लगाइरहेका छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको न्यूनतम मूल्य ५० हजार देखि २ लाख ५० हजारसम्म रहनेछ ।क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडीहरु हुनेछन् । यस्ता खेलाडीहरुको मूल्य न्यूनतम ५० हजार देखि १ लाख ५० हजारसम्म रहने आयोजक जनाएको छ ।

अनक्याप्ड खेलाडीको मूल्य भने अरुको तुलनामा कम छ । उनीहरुले न्युनतम मूल्य ३० हजार देखि १ लाख सम्म रहेको आयोजकले जानकारी दिएको छ । हरेक टिमले कम्तीमा १० खेलाडी अक्सनमार्फत क्लबमा अनुबन्ध गराउनुपर्नेछ । पीपीएलमा कुल ६ टिमले भाग लिएका छन् । पीपीएल कार्तिक ९ देखि २० गतेसम्म पोखरामा हुँदैछ । राष्ट्रिय टिमका भरपर्दा ब्याट्म्यान अनिलकुमार शाह २ लाख ५० हजारमा चितवन राइनोजमा अनुबन्ध भएका छन् भने प्रदिप ऐरीलाई २ लाख ४० हजारमा विराटनगर टाइटन्सले किन्यो ।

त्यस्तै पोखरा पल्टनले राष्ट्रिय टिमका दुई प्रभावशाली खेलाडीलाई अनुबन्ध गरेको छ । पल्टनले युवा क्रिकेटर रोहितकुमार पौडेल र विनोद भण्डारीलाई २ लाख ५० हजारमा किनेको हो ।

कुन क्लबले कुन खेलाडीलाई कतिमा किने ?

हुलास काठमाडौं रोयल्स :

सुशान भारी : १ लाख ५० हजार

पवन सर्राफ : १ लाख ५० हजार

पृथु बास्कोटा : १ लाख २० हजार

अमर सिंह रौतेला : १ लाख

आदिल खान : ५० हजार

नरेश बुढाएर : २ लाख ३० हजार

क्लबले हालसम्म ६ जना खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।

विराटनगर टाइटन्स :

प्रदिप ऐरी : २ लाख ४० हजार

राजेश पुलामी : १ लाख ५० हजार

शाहब आलम : १ लाख ५० हजार

दिपेश श्रेष्ठ : ९० हजार

किशोर महतो : ९० हजार

राजु रिजाल : ८५ हजार

जितेन्द्र मुखिया : ७५ हजार

पुष्प थापा : ५० हजार

क्लबले हालसम्म ८ खेलाडीलाई अनुबन्ध गरेको छ ।

चितवन राइनाेज

अनिल कुमार साह : २ लाख ५० हजार

करण केसी : २ लाख ५० हजार

भुवन कार्की : १ लाख ५० हजार

राम नरेश गिरी : ८५ हजार

चितवन राइनोजले हालसम्म ४ खेलाडी मात्र किनेको छ ।

पाेखरा पल्टन

रोहित कुमार पौडेल : २ लाख ५० हजार

बिनोद भण्डारी : २ लाख ५० हजार

ललित नारायण राजवंशी : १ लाख

रशिद खान : ७० हजार

पोखरा पल्टनले अहिलेसम्म चार खेलाडी मात्र अनुबन्ध गरेको छ ।

बुटवल ब्लास्टर्स

सागर पुन : २ लाख ५० हजार

ललित सिंह भण्डारी : २ लाख

सिदान्त लोहनी : १ लाख ६० हजार

हरि चौहान : १ लाख

शंकर राना : ८० हजार

हसिम अन्सारी : ५० हजार

संसद शेख : ६० हजार

पुरण बिक : ३० हजार

एक्स्पर्ट धनगढी ब्लुज

दिलीप नाथ : २ लाख ४० हजार

कमल सिंह ऐरी : १ लाख ५० हजार

सागर ढकाल : १ लाख ३० हजार

योगेन्द्र सिंह कार्की : १ लाख १० हजार

सन्दीप सुनार : ९० हजार

रोबिन क्षेत्रि : ६० हजार

मन्जित श्रेष्ठ : ५० हजार

सन्तोष भट्ट : ३० हजार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?