के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
५७ पटक हेरिएको
Shares
के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?

सारांश

  • रिपोर्टर्स नेपाल, ११ फागुन ।
  • नेपाली काँग्रेसको छायाँ सरकारको बैठक बसेर देशमा भइरहेको भ्रष्टाचार र अनियमितताका घटनाको अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गर्यो ।
  • आज काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयप्रति धेरैको ध्यान गएको छ ।

रिपोर्टर्स नेपाल, ११ फागुन । नेपाली काँग्रेसको छायाँ सरकारको बैठक बसेर देशमा भइरहेको भ्रष्टाचार र अनियमितताका घटनाको अध्ययन गरी सार्वजनिक गर्ने निर्णय गर्यो । आज काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयप्रति धेरैको ध्यान गएको छ ।

काँग्रेसको छायाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं छन् । जो पटक पटक प्रधानमन्त्री भइसकेका हुन् । उनको पालामा पनि भ्रष्टाचारका धेरै काण्ड बाहिर आएको थियो ।

देशमा विगत दुई वर्ष्भित्र धेरै भ्रष्टाचार र अनियमितताका विषय बाहिर आए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना माछा मात्र समातेको आरोप खेप्यो । पछिल्लो समय ललिता निवासको जग्गा प्रकरणमा हाइप्रोफाइल नाम नै आयो । जसमा काँग्रेस उपसभापति विजयकुमार गच्छेदार समेत थिए । गच्छेदारमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

देशमा अर्बौंको कल छली देखि ठेक्कापट्टा, सामाग्री खरिद देखि दूरसञ्चारसम्बन्धि सम्झौतामा अरबौंको अनियमितता भएको खुल्दै गएको छ । विगत दुई वर्षमा यो हदसम्मको अनियमितताको आशंकाहरु भइरहँदा पनि काँग्रेस किन मौन बस्यो ? यो गम्भीर प्रश्न बनेको छ ।

पछिल्लो समय उठेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बाँस्कोटा मन्त्री पदबाट राजीनामा दिन वाध्य भए । प्रधानमन्त्री केपी शर्मा ओली समेत यस घटनामा मुछिएको आरोपहरु लागिरहेको छ । कतिपय गम्भीर विषयहरु खुलिरहेका छन् जसको जवाफ प्रधानमन्त्रीले दिएका छैनन् । अर्कोतर्फ, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद सभापति रहेको सार्वजनिक लेखा समितिको टिम नै विवादमा परेको छ ।

देशमा भएका ठूला अनियमिततामा सत्तापक्ष र प्रतिपक्ष समेत मिलेको आरोपहरु लागिरहेको छ । मिलेर व्यापारिको स्वार्थमा नेताहरु संचालित भएको विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा काँग्रेसले भ्रष्टाचारबारे कसरी खुलासा गर्ला र अध्ययन गरेर कसरी वास्तविकता बाहिर ल्याउला शंकाको विषय बनेको छ ।

वाइडबडी देखि दूरसञ्चार कम्पनिहरुको कर छली प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन बसे । विगतमा भएका ठूला भ्रष्टाचारका घटना त्यत्तिकै गुपचुप पारियो । तर, पछिल्लो समय लहरो तान्दा पहरो झरिरहँदा सत्तापक्ष र प्रतिपक्ष दुवैबाट अनियमितताको घटनाहरु बाहिर आउनसक्ने माहोल बन्दैछ । यदि मिलेमतोमा यी घटना लुकाइएन भने नेपालमा भ्रष्टाचारको भयावह दृश्य जनतासामु देखापर्न सक्छ । यसमा काँग्रेसले हिम्मत देखाउन सक्छ कि सक्दैन ? प्रतिक्षाको विषय छ ।

(https://www.jokersmokershop.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
जिप दुर्घटनामा चार जनाको मृत्यु
जिप दुर्घटनामा चार जनाको मृत्यु
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
सिनामंगलमा भयानक दुर्घटना हुँदा जे देखियो
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गरिन् प्रचण्डको प्रशंसा
सरिताको थर्कियो काठमाडौ  सहर अन्जली,  शंकर को यस्तो छमछमी(भिडियो सहित )  प्रकाश योगी
सरिताको थर्कियो काठमाडौ सहर अन्जली, शंकर को यस्तो छमछमी(भिडियो सहित ) प्रकाश योगी
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !