काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव

सारांश

  • खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गर्नुभएको छ ।
  • धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुनभएका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताउनुभयो ।
  • उहाँले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा (एमाले) विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गर्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गर्नुभएको छ ।

धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुनभएका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताउनुभयो ।

उहाँले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा (एमाले) विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गर्नुभयो ।

एमाले, फोरमलगायत पार्टीबाट काँग्रेसमा प्रवेश गरेका दर्जनौँं कार्यकर्ताको स्वागतमा आयोजित सभामा मन्त्री यादवले आजैदेखि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो–“तपाईहरुको क्षमता र योग्यताको पार्टीले मूल्यांकन गर्नेछ, गरिबीमा मात्र कम्युनिष्ट पार्टी फस्टाउने हुँदा उनीहरु जनतालाई गरिब नै बनाउन चाहन्छन्, नेता धनी बन्ने, जनता र कार्यकर्ता गरिब बनाउने पार्टीको नेपालमा मात्र होइन विश्वमै भविष्य छैन ।”

संविधान संशोधनमार्पmत मधेशलाई अधिकार सम्पन्न बनाउन पनि एमाले नै बाधक बनेको मन्त्री यादवको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार वासुलाल महतोले यस क्षेत्रको विकासका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने
माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
देउवाको अर्को ‘पपुलिस्ट’ निर्णय – दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र
चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश बनाउँने यस्तो छ तयारी