न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

सारांश

  • काठमाडौं।
  • न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ।
  • फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो।

काठमाडौं। न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङ्ल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?