आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
सारांश
- जन्म दिन एउटा उत्सब हो ।
- अझ अचेलका पुस्ताका लागि त जन्म दिन एउटा ठूलो हर्षउत्सबको दिन बन्ने गरेको छ ।
- ‘बर्थ डे’ भन्ने बित्तिक्कै अहिलेका टिनेजदेखि बालबालिकासम्मले साथीहरु भेटघाट गरेर केक काट्ने र पार्टी दिने चलन छ ।
जन्म दिन एउटा उत्सब हो । अझ अचेलका पुस्ताका लागि त जन्म दिन एउटा ठूलो हर्षउत्सबको दिन बन्ने गरेको छ । ‘बर्थ डे’ भन्ने बित्तिक्कै अहिलेका टिनेजदेखि बालबालिकासम्मले साथीहरु भेटघाट गरेर केक काट्ने र पार्टी दिने चलन छ । जन्म दिन मनाउनु कुनै नौलो कुरा होइन किनकी बिगतमा पनि पुजापाठ गरेर ठूलाको हातबाट आशिर्बाद लिएर जन्म दिन मनाउने गरिन्थ्यो ।
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल आएको छ । तर यी बालक युवन घिमिरे जसले बिगतदेखि नै हरेक बर्ष सडकमा बिरुवा रोपेर जन्म दिन मनाउदै आएका छन् । अनौठो त के छ भने यी बालकले आफ्नो बर्ष अनुसार कै रुख रोप्दै आएका छन् । ५ बर्षमा ५ वटा ६ वर्षमा ६ वटा गर्दै यो वर्ष ७ औं जन्म दिनका दिन ७ वटा बिरुवा रोपी जन्मदिन मनाएका छन्े । बिभिन्न ७ कारण सहित युवराज घिमिरे र भावना घिमिरेका छोरा युवन घिमिरेले जसले यस पटक मिनभवन नयाँ वानेश्वरको पैदल यात्री हिंड्ने बाटोमा ७ वटा कपुरको बिरुवा रोपेर आफ्नो पाचौं जन्म दिन मनाए ।
It’s My Birthday Share for Environmental Care भन्दै बालकले बृक्षारोपण गरी जन्मदिन मनाउने ७ कारणहरु यस प्रकार रहेका छन् ।
1. It’s for yourself when you see it growing beside
2. It’s our basic necessity
3. our happiness is when we share
4. sharing is the building block of a good community
5. Let’s start with GREEN as to go ahead
6. We learned to live in GREEN so better to start now
7. So I celebrate my birthday by starting to live in GEEEN






प्रतिक्रिया