अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु

सारांश

  • ट्राफिक जामको सम्बन्धमा एउटा भनाइ निकै नै प्रचलित छ : जहाँ जाम त्यहाँ सीताराम ।
  • हुन पनि काठमाडौं उपत्यकामा जहाँ जाम हुन्थ्यो, त्यहाँ सीताराम हाछेथुको अभाव खड्किन्थ्यो ।
  • सीताराम हाछेथुले ट्राफिक जाम नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएका छन् ।

ट्राफिक जामको सम्बन्धमा एउटा भनाइ निकै नै प्रचलित छ : जहाँ जाम त्यहाँ सीताराम । हुन पनि काठमाडौं उपत्यकामा जहाँ जाम हुन्थ्यो, त्यहाँ सीताराम हाछेथुको अभाव खड्किन्थ्यो ।

सीताराम हाछेथुले ट्राफिक जाम नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएका छन् । उनै सीताराम हाछेथुले गत मंसिर ६ गते देखि प्रहरी निरीक्षक पदबाट अवकाश पाएका छन् । उनलाई अब ट्राफिक प्रहरीको पोशाकमा सडकमा देख्न पाइने छैन ।

यद्यपि अन्य कुनै न कुनै रुपमा भने उनलाई सडकमा देख्न सकिने सम्भावना छ । आगामी दिनका लागि अहिले नै कुनै खास योजना नबनाएको भए तापनि अब पनि यही क्षेत्रमै काम गर्ने हाछेथुले बताए ।

२०४६ पुस १० गते प्रहरी सहायक निरीक्षक (असई) पदबाट उनले ट्राफिक जीवन शुरू गरेका थिए । आफ्नो जीवनको ऊर्जाशील वर्षहरू ट्राफिक प्रहरी भएर सडकमै बिताएका उनले प्रहरी निरीक्षक हुँदा समेत निरन्तर आफ्नो ड्युटी गरिरहे ।

अवकाशपछिको जीवनबारे उनको कुनै लामो सोचाइ छैन । बरु अब सामान्य मानिसको हैसियतमा ट्राफिक जनचेतना फैलाउने काममा लाग्ने सोचेका छन् । ‘मेरो जीवन ट्राफिक क्षेत्रमै बित्यो,’ आफ्नो योजनाबारे उनी भन्छन्, ‘यसकारण अब यो क्षेत्र छाडेर अरू काम गर्न हुँदैन । बरु नयाँ तरीकाले आम मानिसको हित हुने काम गर्नुपर्छ ।’ यसबाहेक उनी आफूले सेवा अवधिमा हासिल गरेको ज्ञान र भोगेको अनुभव विद्यार्थी एवम् यात्रुलाई बाँड्न चाहन्छन् ।

 

                                                  बिज्ञापन

 

सानो प्रयासबाटै परिवर्तनको शुरुआत हुने विश्वास राख्ने हाछेथु फेरि पनि कुनै न कुनै रूपमा सडक र सवारीसँगै जोडिने योजनामा छन् ।

सेवामा रहँदा १ सय २९ वटा मानसम्मान एवम् पदक पाएका हाछेथुले यसै वर्ष राष्ट्रपतिको हातबाट ‘प्रबल जनसेवा श्री’ पदक पाएका छन् । यो बाहेक उनलाई ट्राफिक प्रहरीको आफ्नै कार्यालयले समेत विभिन्न सम्मान प्रदान गरेको छ ।

रोचक पक्ष त के हो भने हाछेथुलाई आम मानिसले सादा पोशाकमा यो भन्दा पहिले कहिल्यै देख्न पाएनन् । तर अब भने उनलाई सादा पोशाकमा पनि देख्न सकिने भएको छ ।

नेपाल सरकारको उपसचिवको रुपमा कार्यरत श्रीमती र इन्जिनियर छोरा तथा छोरी मात्र होइन, समग्र प्रहरी संगठनको सबै दर्जाबाट समेत राम्रो सहयोग पाएकैले आफूले ट्राफिक प्रहरीमा निष्कलंक रुपमा कार्य गर्न सकेको हाछेथु बताउछन्

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?