अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
४४ पटक हेरिएको
Shares
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

सारांश

  • गाइघाट(उदयपुर) १५ असोज  सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।
  • यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ ।
  • तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ ।

गाइघाट(उदयपुर) १५ असोज  सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।

यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ ।

तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ ।

अस्पतालका प्रमुख डा. महेश खनालसहित प्रसूति विशेषज्ञ डा. फडिन्द्र बडाल र अर्का डा. अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार आपूmले छिमेकी आफन्तलाई दसैंको समयमा प्रसूतिको उपचार गराउन अस्पताल लगेपछि अस्पतालमा कोही पनि डाक्टर नभएको र अहिले दसैं अवधिभरको लागि प्रसूति सेवा नै बन्द भएको अस्पतालका एक सहायक कर्मचारी बताउछन् ।

यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आपूmले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गर्नुभयो ।

यस्तै अन्य रोगका बिरामी पनि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उपचारका लागि आउने बिरामीका आफन्त बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
काठसहित तस्करीमा संलग्न पक्राउ
काठसहित तस्करीमा संलग्न पक्राउ
अध्यागमन प्रणालीभित्र मौलाएको ‘सेटिङ’, एउटाको राहदानीमा अर्को उड्दै !
अध्यागमन प्रणालीभित्र मौलाएको ‘सेटिङ’, एउटाको राहदानीमा अर्को उड्दै !
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
भृकुटीमण्डपमा जुत्ता, चप्पल मेलाको आकर्षण
भृकुटीमण्डपमा जुत्ता, चप्पल मेलाको आकर्षण
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति
मन्त्री स्थापितकाे अाराेप सम्बन्धी महानगरकाे यस्ताे विज्ञप्ति
Welcome to Zoho Mail