तातोपानी नाका आजदेखि खुल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुपाल्चोक।
  • चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ।
  • लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो।

सिन्धुपाल्चोक। चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो।

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै आजदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

(https://thereader.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?