लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली

सारांश

  • प्रहरीले लागूऔषध कारोबारी समाउन पोखराको उत्तम चोकमा गोली चलाएको छ ।
  • गोली लागेर एक जना घाइते भएका छन् ।
  • लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका हुन् ।

प्रहरीले लागूऔषध कारोबारी समाउन पोखराको उत्तम चोकमा गोली चलाएको छ । गोली लागेर एक जना घाइते भएका छन् । लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका हुन् । प्रहरीको पटके सूचीमा रहेका जोन केही समय अघिमात्रै कतारबाट सजाय भुक्तान गरेर नेपाल फर्किएका हुन् । उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए। कास्की प्रहरीमा ज्यानमार्ने उद्योग र सार्वजनिक मुद्दामा पटके अभियुक्त हुन् । प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली माथि जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । जोनको दायाँ घुँडामा गोली लागेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोली उपर नै आक्रमण गरेपछि प्रहरीले जोनलाइ गोली हानेर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार घाइतेको अवस्था सामान्य छ । घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?