रवि लामिछानेकाे बयान आज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
रवि लामिछानेकाे बयान आज

सारांश

  • काठमाडौं।
  • पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ।
  • उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ।

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ। उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ।

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ। तर, सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदै भन्नेतर्फ सजक हुन जरुरी देखिन्छ। सडकमा देखिएको भीडलाई मध्यनजर गरी चितवन कांग्रेसले एक विज्ञप्ति नै निकालेको छ।

‘माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी र त्यस घटनाको सन्दर्भमा अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई प्रहरी हिरासतमा राखिएबाट चितवन जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’ –जितनारायण श्रेष्ठ सभापति र उत्तम जोशी सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शान्तिपूर्ण रुपमा सभा, सम्मेलन र जुलुसमार्फत आफ्ना जायज मागहरूको पक्षीकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभूति हुन सकोस् भन्दै जनतामा सरकारप्रतिको विश्वास घट्दै गइरहेको बेला सम्बन्धित पक्षलाई सचेत रहन आग्रह चितवन कांग्रेस आग्रह गरेको छ।

घटनामा गम्भीर अध्ययन र अनुसन्धानको आधारमा सत्यतथ्य छानविन गरी पीडितलाई न्याय तथा निर्दोष नपरून् र दोषी नछुटून् भन्ने मान्यता स्थापित गर्न माग पनि गरिएको छ।

शालिकराम पुडासैनीको मृत्यु हत्या हो कि आत्महत्या के हो भन्ने विषयमा बहस चलिरहेको छ। संघीय प्रहरी प्रवक्ताले यस विषयमा हत्या हो कि आत्महत्या अनुसन्धानकै बिषय रहेको भनी बताइरहनुभएको छ। सडकमा देखिएको भीड, रविका समर्थक, सार्वजनिक भएको भिडियोको प्रकृति आदि हेर्दा रवि दोषी ठहरिने सम्भावना दुर्बल छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30