एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
२४ पटक हेरिएको
Shares
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना

सारांश

  • जापान ।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह–कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददीवल खड्काले उम्मेद्वारी दिने घोषणासंगै जीतको सम्भावना बलियो भएको छ ।
  • वर्तमान एसिया प्यासिफिक उप–संयोजक खड्काले आगामी कार्यकाल (२०२३–०२५)को लागि आइसीसीको सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँग ब्यापक सहयोग जुटेको छ ।

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह–कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददीवल खड्काले उम्मेद्वारी दिने घोषणासंगै जीतको सम्भावना बलियो भएको छ ।

वर्तमान एसिया प्यासिफिक उप–संयोजक खड्काले आगामी कार्यकाल (२०२३–०२५)को लागि आइसीसीको सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँग ब्यापक सहयोग जुटेको छ ।

जापानमा सफल ब्यवसायीको रूपमा परिचित सहयोगी मनका खड्काले निस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेद्वारी दिने घोषणा गरेको बताए ।

जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगायत व्यवसाय गरिरहेका खड्काले एनआरएनए आइसीसी सह–कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने र एशिया, यूरोप, अमेरिका, मिडिल इस्ट लगायत मुलुकका एनआरएनए अभियन्ताहरुलाई सहयोग गर्न अपील गरेका छन् ।

एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुँदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगायत जापानको विभिन्न संघ–संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ–संस्थाका कार्यक्रमहरु र मातृभूमिमा गरीबको लागि घर निर्माण देखी विद्यालयमा सकेको सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?