कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ९ मंसिर । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १७ सय ९० थपिएका छन् । आज २ हजार ७ सय ९१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २४ हजार ७८ संक्रमित भएपनि २ लाख ४ हजार ८ सय ५८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १७ हजार ८ सय ५९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख ८१ हजार २ सय ९९ जनाको पिसीआर परिक्षण भएको छ भने १७ हजार ८ सय ५९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय २७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?