तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
३५ पटक हेरिएको
Shares
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा

सारांश

  • बैतडी ।
  • तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ ।
  • बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।

बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । उनका अनुसार द्धितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताए । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उनको भनाइ थियो ।

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो ।

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू
लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
बल्ल शुरु भयो घरदैलो : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
गृह मन्त्रालयमा हाम्रो : रास्वपा
गृह मन्त्रालयमा हाम्रो : रास्वपा
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
नेकपा सचिवलाय बैठक बस्दै, एकता प्रक्रियालाई अन्तिम रुप दिइने
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को  नतिजा सार्वजनिक
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
गुल्मीका सबै स्थानीय तहमा उत्साहपूर्वक मनोनयन दर्ता
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला

तपाईंले छुटाउनुभयो कि?