माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक
सारांश
- माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक भएको छ ।
- परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
- नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
चैत ३ गते देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया