काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
५० पटक हेरिएको
Shares
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)

सारांश

  • काठमाडौँ, २२ जेठ ।
  • सडकमा अनियन्त्रित रुपमा छाडिएका चौपायाहरुका कारण धेरै सडक दुर्घटना हुने गरेको छ ।
  • राजधानी लगाएतका अन्य शहरहरुमा रहेका अनियन्त्रित चौपायाको व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढेको हो ।

काठमाडौँ, २२ जेठ । सडकमा अनियन्त्रित रुपमा छाडिएका चौपायाहरुका कारण धेरै सडक दुर्घटना हुने गरेको छ ।

राजधानी लगाएतका अन्य शहरहरुमा रहेका अनियन्त्रित चौपायाको व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढेको हो ।          

खासगरी गाईले दुध दिन छाडेपछि र गोरु बुढो भएर जोत्न छाडेपछि अनियन्त्रित रुपमा छाड्ने गरीन्छ । त्यसरी छाडीएका चौपाया व्यस्त सडकको बीचमा हिँड्न थालेपछि दर्घटना बढेको हो ।

गाईवस्तुले अवरोध गर्ने सडक मध्ये राजधानीको महाराजगञ्ज बुढानिलकण्ठ सडकखण्ड पनि एक हो । अनियन्त्रित गाई वस्तुले गर्दा आफू पनि मर्कामा परेको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले बताए । यो समस्या समाधानका लागि आफू पहिले देखि नै लागि परेको तर चौपायाको संख्या निकै ठूलो भएकाले यसको व्यवस्थापनमा समस्या भएको उनले बताए ।

यसको दिर्घकालिन समाधान निकाल्न सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा जस्ता उपत्यका नजिकका गाई पालक किसानहरुसँग समन्वय गरिरहेको उनको भनाई छ । खरेलले बुढानिलकण्ठ नगरपालिका मात्र नभएर काठमाडौँ उपत्यका कै अनियन्त्रित चौपाया व्यवस्थापनका लागि आफूले पहल गरेको जनाएका छन् ।

गाईवस्तु बीच सडकमा बसिदिएपछि सवारी चलाउन गाह्रो हुने चक्रपथ बुढानिलकण्ठ सडकखण्डका माइक्रो चालक खेमराज थापाले बताए । विगत नौ वर्षदेखि गाडि चलाउँदै आएका उनले पहिले यस्तो समस्या नभएको र पछिल्लो २÷४ वर्षमा सडकमा गाईवस्तुको संख्या ह्वात्तै बढेको बताउँछन् ।

यसबाट सवारी चालक, यात्री मात्र नभएर सडकछेउका व्यापारी पनि उतिकै पिडित छन् । बेच्नका लागि पसलबाहिर राखेको तरकारी यस्ता गाईवस्तु आएर खाईदिने गर्दा आफूहरु मर्कामा परेको बताउँछिन् तरकारी व्यापारी लक्ष्मि पण्डित । गाईवस्तुले सडक वरीपरी रोपिएका रुखका विरुवा पनि खाइदिने गरेका छन् ।

यसको तल्कालका लागि झाराटार्ने काम भन्दा दिर्घकालिन रुपमै यसको व्यवस्था कसरी गर्ने भनेर वैज्ञानिक निक्र्यौल निकाल्नुपर्ने देखिन्छ ।

-शिखरन्युजका लागि नविन पाैडेलकाे रिपाेर्ट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Hombahadur Gurung

    KAMAPA ka Mayor ra hajaraou wada adhkchhya ra sdasya haru kina sadak ko Gai niyantran gardaina ?.

    Comment Author

    Ganesh Shakya

    yo ta smart city ko namuna po ho paasa. yasto ramro bhai raheko chha katmardu aba k aru chahiyo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?