पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !

सारांश

  • म्याग्दी, २९ साउन ।
  • दर्जनौँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ ।
  • छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो ।

म्याग्दी, २९ साउन । दर्जनौँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ । छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेर साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । कालोपत्रे गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम भइरहेको बेनी–जोमसोम सडकमा पहिराको जोखिम बढेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीले धार परिवर्तन गरी भएको कटानका कारण विद्यालय भवन जोखिममा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सल्लाहमा चीन जाँदै प्रदेश ५ का मुख्यमन्त्री
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
अ्मेरिका बस्ने समाजसेवी   अनिल बस्नेतको रु १०००० सहयोग,
अ्मेरिका बस्ने समाजसेवी अनिल बस्नेतको रु १०००० सहयोग,
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
साझा यातायातको टिकट अनलाइनबाटै, यसरी काट्न सकिन्छ टिकट
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल