आईसी डिजाइनर रनवेमा छानिए २४ मोडल
सारांश
- काठमाडौं ।
- आईईसी फेसन कलेजले हरेक वर्षझैं यो वर्ष पनि ‘आईसी डिजाइनर रनवे–सिजन–१३’ आयोजना गर्ने भएको छ ।
- १६ चैतमा ग्रान्ड फिनाले हुने यो फेसन सोका लागिका २४ मोडल छानिएका सो कलेजले पत्रकार भेटघाट गर्दै जानकारी दिएको छ ।
काठमाडौं । आईईसी फेसन कलेजले हरेक वर्षझैं यो वर्ष पनि ‘आईसी डिजाइनर रनवे–सिजन–१३’ आयोजना गर्ने भएको छ । १६ चैतमा ग्रान्ड फिनाले हुने यो फेसन सोका लागिका २४ मोडल छानिएका सो कलेजले पत्रकार भेटघाट गर्दै जानकारी दिएको छ ।
दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका आयोजक पक्षले जनायो । अडिसनमा ३ सय ५० भन्दा बढी मोडलको सहभागिता थियो । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीईयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाइ सुवाल, मिस्टर नेपाल विजेता समर्पण कार्की, आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापालगायतको निर्णायक टिमले मोडलको चयन गरेको हो ।
यो फेसन सो आगामी १६ चैतमा हुने भएकाले उनीहरूलाई अहिलेबाटै प्रशिक्षणमा उतार्ने पनि आयोजक पक्षले जनाएको छ । ‘आईसी डिजाइनर रनवे’मा पाँच दर्जन बढी डिजाइनरका उत्कृष्ट डिजाइन यी मोडलले प्रस्तुत गर्ने भएका छन् । यो फेसन सोको अवको सिजमा आईसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरले तयार पारेका फरकफरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
‘फेसन सोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले वहन गर्दै छ भने सोमा विभिन्न फरकफरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ,’ आयोजक टिमका रवि धमलाले भने, ‘अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको सोका रूपमा आईसीसी डिजाइनर रनवेको आगामी सिजनलाई राम्रो बनाउन हामी कुनै कसर बाँकी राख्नेछैनौं ।’
यो फेसन सोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिएकी छन् ।
प्रतिक्रिया