विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

सारांश

  • गलकोट, ४ पुस, बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
  • विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
  • यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ ।

गलकोट, ४ पुस, बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँट गर्दा प्रति नगरपालिका करीब रु ७०–८० करोडको बजेट प्राप्त गर्नसक्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।
बागलुङ नगरपालिकाको रिङरोडको रुपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।
विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसङ्ख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँट गरिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
सुदूरपश्चिममा आज सार्वजनिक विदा
सुदूरपश्चिममा आज सार्वजनिक विदा
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
स्व. प्रकाश दाहालको स्तम्भ मन्त्री विना द्वारा शिलान्यास !
स्व. प्रकाश दाहालको स्तम्भ मन्त्री विना द्वारा शिलान्यास !
एक सिलिन्डर ग्याँसकाे  दश हजार
एक सिलिन्डर ग्याँसकाे दश हजार
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?

तपाईंले छुटाउनुभयो कि?