भीम रावलले एमाले छाड्लान्?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
भीम रावलले एमाले छाड्लान्?

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.
  • भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् ।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् । कुनै समयमा सुदुरपश्चिममा एमालेको खम्बाको रुपमा मानिने रावल पार्टी अध्यक्ष केपी शर्माको ‘प्रतिशोध’ का कारण उनी एमाले छोडने अवस्थामा पुगेका छन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेकै कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेका हुन् ।

पार्टीमा जिम्मेवारी विहिन भएका रावल पार्टीका बैठक एवं कार्यक्रममा समेत जान छोडेका छन् । ओलीसंग प्रतिस्पर्धा गरेको र उनको गलत कार्यको आलोचना एवं विरोध गरेकै कारण रावललाई पार्टीमा कुनै जिम्मेवारी नदिई पार्टी छोड्न वाध्य बनाइएको छ ।

गत ८ र ९ बैशाखमा ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बस्यो । देशैभरीका नेताहरु सो बैठकमा सहभागि भए पनि रावल सो बैठकमा सहभागि भएन् । रावल किन बैठकमा सहभागि भएनन भन्ने खोजविन पनि कसैले गरेन् । बैठकमा सहभागि हुनुपर्छ भन्ने ’boutमा नेतृत्वले कुनै चासो समेत देखाएन् । त्यसपछि रावलले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको जानकारी गराएका छन् ।

यि र यस्तै बिभिन्न कारणले रावलले एमाले परित्याग गर्ने संकेत गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’ रावलले भने । घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे ।

‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’ उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’ आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरेका छन् ।

ओलीको प्रतिशोध र पेलान

एमालेमा विगतदेखी नै अध्यक्ष पदबाट पराजित नेतालाई सम्मानित वा वरिष्ठ नेताको पद दिने चलन थियो । तर रावलको हकमा भने त्यो पनि लागु भएन । १०औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिएकै कारण रावलले उक्त पद नपाएका हुन् । त्यसबाहेक गत मंसिरमा एमालेले मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रा गर्याे । यात्रामा सबै शीर्ष नेताहरू सहभागी भए, तर रावललाई भने कहीँ पनि समावेश गराइएन ।

रावलकै गृह जिल्लामा पनि ओली सहितका शीर्ष नेताहरू पुगेर तीन ठाउँमा कार्यक्रम गर्दै भाषण ठोके । ओलीले रावलको गृहजिल्लामै पुगेर भाषण ठोके पनि रावल काहाँ छन् भन्ने कुनै चासो नै देखाएनन् । करिब ५ दशकदेखि रावल एमालेको राजनीतिमा छन् । तर राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दाजस्तो कठिन र पेलान उनलाई कहिल्यै भएन ।

रावलले १०औं महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा मात्रै गरेका थिएनन् । ओलीले जारी गरेको केन्द्रीय कमिटीको लिष्टको खुलेर विरोध गर्नुका साथै आलोचना समेत गरेका थिए । ओलीको चाहना सर्वसम्मत अध्यक्ष हुने थियो । तर रावलले अध्यक्षमा उम्मेदवारी दिदै उनलाई चुनौती दिए । रावल ओलीका क्रियाकलापहरू प्रति खरो आलोचना गर्न चुक्दैनन् । यो कारण पनि ओली उनीसँग रुष्ट हुँदै आएका छन् । रावल ओलीको यस्तो पेलानमा परेकी पछिल्लो निर्वाचनमा उनले टिकट समेत पाएनन् । ओलीले रावललाई निर्वाचनमा टिकट दिएनन् ।

२०६५ सालमा बुटवलमा भएको एमालेको ८ औँ महाधिवेशनमा केपी ओलीको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित बनेका रावल २०७१ सालमा काठमाडौंमा भएको ९ औँ महाधिवेशनमा माधव नेपालको प्यानलबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी बनेका थिए । तर त्यसयता भने उनको ओरालो यात्रा सुरु भयो । एमाले र माओवादीको एकतामा बनेको नेकपाको सचिवालयमा समेत उनी अटाइएनन् ।

नेकपा फुटपछि एमालेभित्र चेपुवामा परेका रावल माधव नेपालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउन सँगै गएनन् । बरु एमालेमै बसे । तर एमालेमै रहेर पार्टी फुटाउनुलाई निको नमानेका तीनै रावल अहिले ओलीको उपेक्षाका कारण बिस्तारै पार्टीभित्रै ओझेल हुँदै गएका छन् ।

हरायो वार्ता समिति

ओली र रावलबीचको असन्तुष्टिलाई समाधान गर्न पार्टी भित्र वार्ता समिति समेत बनेको छ । तर त्यो समिति गठनसंगै हराएको छ । नसमस्या समाधान हुन्छ नत कहिल्यै त्यो समितिले कुनै छलफल नै गर्छ । ओलीको स्वेच्छाचारी शैलीकै कारण नै पार्टीका नेताहरु एमाले छोड्न बाध्य हुदैछन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेका कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेको विश्लेषण हुदै आएको छ ।

एमालेको १८ चैत २०७९ मा भएको सचिवालय बैठकले रावलसंग वार्ता गर्नका लागि एक समिति गठन गर्यो । पार्टी उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटीका सदस्य कर्णवहादुर थापा सदस्य छन् । वार्ता समितिमा रहेका तीनै जना नेताहरुसंग रावलको आन्तरिक सम्बन्ध त्यति राम्रो भने छैन् ।

उपाध्यक्ष पौडेल नेतृत्वको वार्ता समितिसंग पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा एक चरणको वार्ता भयो । ३ बैशाखमा पहिलोपटक समिति र डा. रावलको बीचमा छलफल भएको थियो । वार्ता सकारात्मक भएको कुरा सार्वजनिक भयो । तर दोस्रो चरणको वार्ता वा पार्टीमा जिम्मेवारी दिने कुरा भने अझै भएको छैन् । समिति पनि के गर्दैछ र कहाँ छ भन्ने कुरा खोज्न समेत अर्को समिति गठन गर्नुपर्ने अवस्था आएको छ ।

एमालेले केही समय अघि चलाएको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि कार्यक्रममै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए । सुदुरपश्चिममा एमालेभित्र अझै बलियो मानिएका रावलको गृहजिल्लामै पुगेर पार्टी उपाध्यक्ष पौडेलले आलोचना गरेपछि पार्टीकै कार्यकर्ताले प्रतिवाद गर्दा त्यसपछि वार्ता समिति गठन गर्न एमाले बाध्य भयो । अछामको सो घटना पश्चात पौडेल र रावलका बीचमा केही दिन जुहारी नै चलेको थियो ।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै भट्ट र थापा रहेको वार्ता समिति बनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो `
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो  १२ करोड !
संसद्का कर्मचारीलाई खाजा भत्तामा बाँडियो १२ करोड !
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
कोरोना महामारीका बीच ८ गुम्बा तथा विहारलाई नेपाल बौद्ध संघको सहयोग
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
आन्द्राको शल्यक्रिया सफल
आन्द्राको शल्यक्रिया सफल
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड
सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड

तपाईंले छुटाउनुभयो कि?